Logo

प्रधानमन्त्री ओलीको कदम संवैधानिक र लोकतान्त्रिक भन्दै नेकपा युवा नेता मंगल थापाले भनेः प्रचण्ड चुनाव देखि डराए



काठमाडौँ, ६ पुस । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता मंगल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र मध्यावधि चुनाव घोषणाका लागि चालेको कदम संवैधानिक र लोकतान्त्रिक भएको तर्क गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै थापाले ओलीद्वारा चालिएकोे कदम संवैधानिक र लोकतान्त्रिक रहेको तर्क गरेका हुन् ।

संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक नभएको जिकीर गर्दै भने, ‘संसद विघटन प्रधानमन्त्री ओलीको रहर नभएर बाध्यात्मक परिस्थितिले चाल्नु परेको कदम हो ।’ उनले प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार भएको समेत बताए ।
थापाले पुष्प कमल दाहाल प्रचण्ड, माधव कुमार नेपालले सत्ता र शक्तिको लोभमा पार्टीलाई कमजोर बनाउने खेलमा आरोप लगाए । प्रधानमन्त्रीले मुलुकलाई विकास र समृद्विको बाटोमा लैजान खोज्दा आफ्नै पार्टीका नेताहरुले बाधा पु¥याएको कारण ओली विघटनको वाध्यात्मक बाटो रोजेको बताए । थापाले मुुलुकलाई नयाँ तरिकाबाट अगाडि लग्न चुनाव एक मात्र विकल्प रहेको तर्क गरे ।

प्रचण्ड र माधव कुमार नेपाल लगायतका नेताहरु पुनः चुनावको सामना गर्न डराएको उनको भर्ना थियो । ओलीले निरन्तर जातिय विविधता अन्त्य गर्न, मुलुकलाई समाजवाद तर्फ लैजान र विकास उन्मुख कदम चाल्दा आफ्नै पार्टीका नेताहरुले भारतको इसारामा सदैव बाँधा पुर्याइरहेको आरोप लगाए । उनले भने, ‘सत्ता र शक्तिको प्रलोभनमा प्रचण्ड र माधव कुमार नेपालले पार्टीको मर्म, सिद्वान्त र भावना विपरित गृहकार्य गरिरहनुभएको छ ।’ ओलीले चालेको कदमले ओलीलाई नेपाली जनताले पुनः बुहमत दिने र मुलुकलाई फेरि ओली नेतृत्वकै सरकारमार्फत् नयाँ ढंगबाट समृद्वि तर्फ लैजाने विश्वास व्यक्त गरे ।-File Photo



प्रतिक्रिया दिनुहोस्