Logo

एश्वर्या रायको यो आदत, नन्दा श्वेतालाई मन नपर्नुको यस्तो कारण



एजेन्सी, ६ पुुस । बलिउडका महानायक अमिताभ बच्चनको बुहारी एश्वर्या राय बच्चन र छोरी श्वेता नन्दाले धेरै राम्रा ब्रान्डिंग सेयर गर्दै आएका छन् । कयौपटक उनीहरु सँगै भएको पनि देखेका छौ । तर, एश्र्वयाको एक आदत श्वेतालाई मन पर्दैन् । एश्वर्या राय र श्वेता नन्दालाई लिएर एक किस्सा भाइरल भएको छ । यस भाइरल भएको किस्सामा श्वेता आफ्नो भाउजुको नराम्रो आदतको बारेमा खुलाशा गरिरहेकी छिन् ।

केही वर्ष अगाडी भाई श्वेता अभिषेक बच्चनको साथमा कफि वीथ करण मा पुगेकी थिइन् । शो मा भाई बहिनीले खुलेर एक–अर्काको पोल खोलिरहेका थिए । त्यहि क्रममा श्वेताले एश्वर्याको पनि पोल खोलेकी थिइन् । शो मा श्वेताले एश्वर्यालाई उनी एक सेल्फ मेड महिला हुनुको साथै एक आमा पनि भएको बताएकी छिन् । उनले एश्वर्याको एउटा आदत नराम्रो लाग्ने भन्दै भनिन्, ‘कहिल्यै पनि कलब्याक गर्दिनन् । यति मात्र होइन् उनको टाइम म्यानेजमेन्ट पनि ठिक छैन् । ’

करणले अभिषेकलाई पत्नी एश्वर्या रायको बारेमा प्रश्न सोध्दा उनले भने, ‘म उसलाई धेरै माया गर्छु, तर उनको प्याकिंग स्किल्स राम्रो छैन्, जसलाई कहिल्यै पनि रोक्न सकिन्न् ।’



प्रतिक्रिया दिनुहोस्