Logo

‘ग्याङ अफ फोर’ ले ओलीलाई खतरनाक कदमका लागि वाध्य पारेः नेकपा नेता खेम लोहनी



काठमाडौं, ६ पौष । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा बिघटित प्रतिनिधिसभाका सांसद खेम लोहनीले राष्ट्रलाई जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेको तर्क गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज बोल्दै नेकपाभित्रको ‘ग्याङ अफ फोर’ले कामै गर्न नदिएको र षड्यन्त्रहरु गरेको भन्दै उनीहरुले नै प्रधानमन्त्रीलाई संसद बिघटनका लागि वाध्यकारी अवस्था सृजना गरेको बताए ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठतर्फ संकेत गर्दै लोहनीले भने,‘ग्याङ अफ फोरले खतरनाक कदम चाल्न वाध्य पारे ।’ उनले प्रतिनिधिसभाको बिघटन खतरनाक बाटो भएपनि त्यो अवस्थामा पु¥याउने जिम्मेवार भएको बताए । लोहनीले भने,‘संसद बिघटन वाध्यकारी कदम हो, यो वास्तवमा राष्ट्र, लोकतन्त्र,सार्वभौम जनतालाई जोगाउन र विदेशी अगाडि नझुकी देशको प्रतिष्ठाका लागि हो ।’

निरंकुशताको दाउ खेल्नेहरुको षड्यन्त्र बुझेर प्रधानमन्त्री ओलीले कठोर कदम चालेको बताए । प्रधानमन्त्रीको कदमलाई संवैधानिक भने । ताजा जनादेशका लागि प्रधानमन्त्री जनताको बीचमा जान तयार हुनुभएको बताउँदै भने,‘अब जनताबाट ताजा जनादेश लिन सबैलाई अवसर छ ।’ लोहनीले सुर्य चिन्ह लिएर चुनावमा जाने र जनादेश प्राप्त गर्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्