Logo

प्रचण्ड-माधव पक्षको बैठकद्वारा ससद अधिवेशन बोलाउन माग (प्रस्तावसहित)



काठमाडौं, ६ पौष । नेपाल कम्युनिस्ट पार्टीको बिघटित संसदीय दलको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसदको अधिवेशन अबिलम्व आव्हान गर्न माग गरेको छ । आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद बिघटनको कदमको समेत विरोध गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।

‘प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भुमरीतर्फ धकेल्ने गरी गरेको प्रतिनिधिसभाको बिघटनको सिफारिशलाई संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपति समेत त्यसतर्फ कुनै संवेदनशील नरहेको प्रति यो संसदीय दल विरोध गर्दछ र उहाँको कार्यलाई अस्वकिार गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदको अधिवेशन अबिलम्ब आव्हान गर्न यो बैठक माग गर्दछ ।’



प्रतिक्रिया दिनुहोस्