६ पुस: रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नयाँ वर्ष २०२१ को पहिलो छ महिनाभित्रमा भारत आउने सम्भावना रहेको छ ।
यही बर्ष सन् २०२० को अन्त्य तिर उनी भारत आउने तालिका भए पनि अहिले स्थगित भएकाले अर्को वर्ष आउने सम्भावना रहेको हो ।
पुटिनको अहिलेको भ्रमण स्थगित भएर अर्को वर्षको तालिकामा परेको भारतका लागि रुसका राजदूत निकोलाय कुडाशेभले सोमबार पुष्टि गरेका छन् ।
“कोरोना महामारीका कारण अहिलेको भ्रमण व्यवस्थापन गर्न गाह्रो हुने भएकाले अहिलेलाई स्थगित गरिएको हो । अर्को वर्ष अवस्था सामान्य भयो र व्यवस्थाप नगर्न सकिने भयो भने उनले अर्को वर्ष भ्रमण गर्ने छन् ,” उनले भने ।
राष्ट्रपतिको भ्रमण नभएपछि भारत र रुसका बीचमा विभिन्न चरणमा छलफल तथा वार्ताहरू भने भइरहेको उनले बताए ।
आगामी भ्रमणको तालिका पनि दुवै पक्षको सहमतिमा तय गरिने राजदूत कुडाशेभले जानकारी दिए ।-एएनआई/Photo: Agency