Logo

प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने तीन दलको निर्णय



काठमाडौं, पुस ७ । प्रतिपक्ष दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीको बैठकले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको तीन दलको बैठकले प्रतिनिधिसभा विघटनको निर्णय अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गर्दै त्यसको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।

सरकारको कदम असंवैधानिक रहेकाले कानूनी र राजनीतिक दुवै हिसाबले सरकारविरुद्ध संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्कालगायत सहभागी थिए । त्यस्तै जसपा अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी र जितेन्द्र सोनल पनि बैठकमा उपस्थित रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्