Logo

प्रतिनिधि सभा विघटन प्रकरणमा बार विभाजित



काठमाडौं, पुस ७ । प्रतिनिधि सभा विघटन प्रकरणबारे कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसन विभाजित भएको छ । विघटनका विषयमा महासचिव लीलामणि पौडेल र कोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले फरक फरक विज्ञप्ति जारी गरेका छन् ।

महासचिवले विघटनलाई असंवैधानिक भन्दै धारणा सार्वजनिक गरेको केही बेरमै कोषाध्यक्ष पोखरेलले महासचिवको विज्ञप्तिमा बार सचिवालय र केन्द्रीय कार्यसमितिको असहमति रहेको जनाएका छन्।

पौडेलले संसद्को नियमित अधिवेशन बोलाएर निकास खोज्न सकिने अवस्था विद्यमान रहेको अवस्थामा विघटन गर्नु संविधानको उल्लङ्घन भएको उल्लेख छ । संविधानको रक्षकबाटै संविधान पालना नहुनु शासन प्रणालीमाथि बज्रपात भएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तर, महासचिवको वक्तव्यको कोषाध्यक्ष पोखरेलले खण्डन गरेका छन् । अदालतमा मुद्दा विचाराधीन भइसकेको अवस्थामा प्रभावित पार्ने गरी कुनै पनि क्रियाकलापप्रति पनि विज्ञप्तिमा असहमति जनाइएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्