Logo

भावी रणनीति तय गर्न मुख्य तीन दलको केन्द्रीय कमिटी बैठक



काठमाडौं, ७ पौष । प्रमुख राजनीतिक दलहरुले भावी रणनीति तय गर्न केन्द्रीय कमिटी बैठक डाकेका छन् । आज नेपाल कम्युनिस्ट पार्टीको दुवै खेमाको अलग अलग बैठक बस्दैछ । ओली समूहको बैठक विहान डाकिएको छ । प्रचण्ड र माधव पक्षको बैठक पनि बस्दैछ ।

आजै नेपाली काँग्रेस केन्द्रीय कमिटी बैठक बस्दैछ । काँग्रेसले देशमा उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक डाकेको हो ।

राष्ट्रिय जनता पार्टीले पनि आजै बैठक डाकेको छ । हिजो मुख्य तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटन गराउने कदमको प्रतिवाद गर्ने निर्णय गरेपछि बैठक डाकेका हुन् ।



प्रतिक्रिया दिनुहोस्