Logo

पूर्व माओवादीका टोपबहादुर, मणि थापा र लेखराज भट्ट ओली क्याम्पमा



काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टीका पूर्व माओवादी तीनजना स्थायी कमिटी सदस्यहरु अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको क्याम्पमा छिरेका छन् । उनीहरुले आजबाट औपचारिक रुपमै ओलीको पक्षमा रहेको घोषणा गरेका हुन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्यहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा सहभागी भए । भट्ट यसअघि नै ओली पक्षमा रहँदै आएका थिए । आज रायमाझी र थापा पनि प्रवेश गरेका हुन् ।

बालुवाटारमा बसेको बैठकमा रायमाझी र थापा माथिल्लो तहको मञ्चमा बसे । उनीहरुमध्ये रायमाझी प्रधानमन्त्री ओलीको बायाँतर्फ पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको छेवैमा बसेका थिए । मणि थापा भने प्रधानमन्त्रीको भन्दा पछिल्लो लहमा बसेका थिए ।

यसैगरी, स्थायी कमिटी सदस्य रायमाझीले प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् । उनले पार्टी बैठकमा प्रचण्डको खुलेर आलोचना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्