Logo

ओली पक्ष नेकपामा १९६ केन्द्रीय सदस्य पद रिक्त



काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टीका केपी शर्मा ओली पक्षधरले केन्द्रीय कमिटी विस्तार गरी ११ सय ९९ सदस्य संख्या बनाएको छ । आजै ५ सय ५६ जना नयाँ सदस्य थपिएका छन् ।

केन्द्रीय कमिटीको मौजुदा संख्या ४४७ र हालको ंख्या ५५६ गरी कुल एक हजार ३ जनाको नाम निर्वाचन आयोगमा दर्ता समेत भएको छ । तर, अझै एक सय ९६ जना सदस्य संख्या खाली छ । अध्यक्ष ओलीको हस्ताक्षरमा पुगेको पत्रमा यो संख्या पछि थप गर्ने भनिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सृुर्य थापाले रिक्त संखया १९६ भएको जानकारी दिएका छन् । नयाँ मनोनित सदस्यहरुलाई अध्यक्ष ओलीले सपथ गराएको समेत उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्