Logo

बालुवाटार बैठकको वैधानिकता छैनः नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ



काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टी ओली पक्षधरको आज बसेको बैठकबाट प्रवक्ताबाट हटाइएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले उक्त बैठकको वैधानिकता नरहेको बताएका छन् । उनले बालुवाटार बैठक अवैधानिक भएकाले आफूलाई हटाउन नसक्ने प्रतिक्रिया दिए ।

तपाईंलाई प्रवक्ताबाट हटाइयो नि भन्ने प्रश्नमा ओलीले भने,‘बालुवाटार बैठकको वैधानिकता छैन, मलाई अहिलेको बैठकले मात्र हटाउन सक्छ ।’

यसअघि आज ओली पक्षीय नेकपाले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई चयन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्