Logo

स्रोत नखुलेको रकम सहित पक्राउ



काठमाडौं, ७ पुस । स्रोत नखुलेको रकम सहित एक युवक पक्राउ परेका छन् । काठमाडौं न्यूरोडबाट स्रोत नखुलेको १३ लाख ५ हजार रुपैयाँ सहित धादिङ खनियाबासका २५ वर्षीय बिर्ज तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले बिर्जलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्