Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ७ पुस । अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–५ भौसाबारीबाट अवैध लागूऔषध ४० ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित ५ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका बस्ने १९ वर्षीय मुस्कान चौधरी, १९ वर्षीय बिक्रम मगर, २२ वर्षीय पंचन साह, सोही गाउँपालिका–२ बस्ने २४ वर्षीय राजेश धिमाल र लेटाङ नगरपालिका–३ बस्ने २३ वर्षीय शान्तिराम काफ्ले रहेका छन् । उक्त स्थानमा लागूऔषध बिक्री भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको पदार्थ, को.३५ प २२७२ र को.३३ प २६६ नम्बरका २ थान मोटरसाईकल सहित फेला पारी पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्