Logo

सनी देओलको फिल्म ‘द ब्लाइड केस’ मा २०२१ मा रिलिज हुने



एजेन्सी, ७ पुस । बलिउडका कलाकार सनी देओल फिल्म ‘द ब्लाइड केस’ २०२० मा रिलिज गर्ने योजनामा थिए । तर कोरोना भाइरसको कारण उनको योजना पुरा हुन सकेन । अब भने यो फिल्म २०२१ मा रिलिज हुने भनिएको छ । तर फिल्मको काम भने धेरै बाकी रहेको निमार्णपक्षले जनाएको छ ।

सनीका फ्यानहरुलाई थोरैलाई मात्र थाहा होला उनले थ्रिलर फिल्ममा हस्ताक्षर गरेर काम गरिरहेका छन् । उनले हस्ताक्षर गर्ने समयमा नै फिल्ममा एक्शन र सस्पेन्स भएको बताएका थिए । यस्तो भुमिका हालसम्म उनले निभाएका छैनन् ।

उनी यो फिल्ममा आर्मी अफिसर बनेका छन् तर उनी दृष्टिबिहिन हुन् । अफिसरले आफू कमजोर हुदाँ पनि चार युवाहरुलाई एक बदमासको विरुद्धमा लड्नलाई मद्दत गर्छन् । उनी पहिलो पटक आर्मी अफिसरको भुमिका निभाउदैछन् । फिल्मको निर्देशन राघवपुडीले गरीरहेका छन् । यो फिल्म रिमेक होइन् । यो त एक ताजा कथामा बनेको राम्रो फिल्म हो ।

फिल्मको सुर्टिङ अप्रिलमा सुरु हुने भनिएता पन िपछि सुरु भएको थियो । यसको कारण २०२१ को बिचतिर रिलिज हुनेछ ।



प्रतिक्रिया दिनुहोस्