Logo

उपत्यकामा २४ घन्टामा ३६५ संक्रमित थपिए



काठमाडौं,  ७ पुस । काठमाडौं उपत्यकामा आज ३६५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ७ सय २२ जना थपिएकोमा काठमाडौंमा मात्र ३६५ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये काठमाडौमा ३ सय, भक्तपुरमा २३ र ललितपुरमा ४२ जना रहेका छन् । आज  ९ सय ६६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख  ५५ हजार २ सय ३६ संक्रमित भएपनि २ लाख ४५ हजार ७ सय ९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ७ हजार ७ सय २९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख ८४ हजार १ सय ८१ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ४ सय १३ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्