Logo

देउवा पक्ष ओलीको कदमविरुद्ध आन्दोलनको विपक्षमा



काठमाडौं, ७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरी मध्यावधि घोषणा गरेको विरोधमा सडक संघर्षमा नजाने पक्षमा देखिएका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकमा उनी निकट केन्द्रीय सदस्य एनपी साउदले सडक संघर्षको विपक्षमा विचार राखेसँगै देउवा पक्षको फरक मत देखिएको हो ।
साउदले मध्यावधि चुनावमा जानुपर्ने भनाई राखेका थिए ।

उनले चुनाव लोकतान्त्रिक प्रक्रिया अन्र्तगत भएकाले त्यसबाट भाग्न नहुने भन्दै सडकमा भन्दा चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् । देउवा निकटका अर्का नेता डा। नारायण खड्काले पनि अदालतको निर्णय पर्खनुपर्ने विचार राखेका थिए । खड्काले सडकमा गइहाल्नुभन्दा अदालतको निर्णय कुरेर बढ्नुपर्ने विचार राखेका थिए ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सडक संघर्षमा जानुपर्नेमा जोड दिएका छन् । पौडेल स्वयंले ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भन्दै आन्दोलनमा जानुपर्ने बताए । उनले ओलीको कदमले खतरनाक अवस्था ल्याउनसक्ने औल्याए । पौडेल निकट केन्द्रीय सदस्य महेश आचार्यले पनि आन्दोलनमा जानुपर्ने बताएका थिए । उनले काँग्रेस कसैको पछाडि लागेर नभए आफै आन्दोलनको नेतृत्व गरेर बढ्नुपर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्