Logo

जसपाद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक



काठमाडौं, ७ पौष । जनता समाजवादी पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको कदम चालेको विरोधमा जसपाले पाँच दिने आन्दोलनको घोषणा गरेको हो ।

जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी बैठकले आन्दोलनको कार्यक्रम तय गरेको केशव झाले जानकारी दिए । जस अनुसार भोलि ८ पुसमा देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्षको तयारीका लागि देशभरका पाटी कमिटीहरुको बैठक गर्ने, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको ७७ जिल्लामै पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते देशभर वृहत जनप्रदर्शन गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्