Logo

कात्तिकमा भित्रियो ७८ अर्ब ८६ करोड रुपैयाँ विप्रेषण



काठमाडौं, पुस ८। कोरोना भाइरसको महामारीका बीच पनि चालू आर्थिक वर्ष २०७७/७८ को कात्तिक महीनामा पनि विप्रेषण आप्रवाह उच्च देखिएको छ । कोरोनाको महामारीका कारण विप्रेषण आप्रवाह घट्ने अनुमान गरिए पनि नेपालमा विप्रेषण आप्रवाह उच्च मात्रामा आउने क्रम जारी रहेको छ ।

नेपालमा मासिक औसतमा ७३ अर्ब रुपैयाँको हाराहारीमा विप्रेषण भित्रिने गर्छ । तर, कात्तिक महीनामा औसतभन्दा बढी अर्थात् रू। ७८ अर्ब ८६ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकको कात्तिकसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो ।

समग्रमा कात्तिकसम्म विप्रेषण आप्रवाह ११ दशमलव २ प्रतिशते बढेको छ । समीक्षा अवधिमा रू। ३ खर्ब ३७ अर्ब ७२ करोड विप्रेषण नेपाल भित्रिएको छ । गत आवको सोही अवधिमा भने रू। ३ खर्ब ४ अर्ब ९७ करोड विप्रेषण भित्रिएको थियो । गत आवको सो अवधिमा विप्रेषण आप्रवाह २ दशमलव ८ प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ ।

कोरोना महामारीका कारण विप्रेषण आप्रवाहमा कमी आउने आकलन गरिए पनि नेपालमा गत जेठदेखि नै औसतभन्दा माथि अर्थात् ७३ अर्बभन्दा बढी विप्रेषण आप्रवाह भएको छ । तर, भदौमा भने औसत बराबर रू। ७३ अर्ब विप्रेषण भित्रिएको थियो ।

२०२० मा नेपाल आउने विप्रेषण विश्व बैंकले १४ प्रतिशत एशियाली विकास बैंक ९एडीबी० ले २८ दशमलव ७ प्रतिशतले घट्ने प्रक्षेपण गरेका थिए । तर, यही दरमा विप्रेषण आइरहने हो भने उनीहरूको प्रक्षेपण पूरा नहुने देखिन्छ ।अन्तिम श्रमस्वीकृति संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यस अवधिमा ५ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९ दशमलव ४ प्रतिशतले घटेको थियो । पुनः श्रमस्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ९ दशमलव १ प्रतिशतले बढेको छ आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्