Logo

तयारी कपडाको मूल्य बढ्यो



काठमाडौं, पुस ८। उत्तरी नाका असहज भएर चीनबाट तयारी लत्ताकपडा आयातमा समस्या भएपछि कपडाको मूल्य बढेको छ । रसुवागढी नाकाबाट सामान आयात गर्न समस्या भएपछि व्यापारीहरूले विकल्पका रूपमा समुद्री मार्गबाट सामान आयात गरिरहेका छन् ।

यसरी सामान आयात गर्दा बन्दाबन्दीभन्दा अघिको भाडादरमा करीब ३ गुनाले वृद्धि भएको छ । यसले गर्दा चीनबाट आयात हुने लत्ताकपडाको मूल्य २० प्रतिशतसम्म बढेको व्यवसायीहरू बताउँछन् । जाडो मौसमका लागि प्रयोग हुने ज्याकेट, पन्जा, टोपी, ट्राउजर, जुत्तालगायत कपडाको मूल्य बढेको हो ।

भृकुटी मण्डपमा कपडा व्यापार गर्ने व्यापारी राजन लामाका अनुसार गतवर्ष ३ हजार रुपैयाँसम्म पर्ने ज्याकेटको मूल्य यति बेला ३६ सय रुपैयाँ पर्न थालेको छ । उनी कपडाको मूल्य पनि महँगिएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति दिलसुन्दर श्रेष्ठका अनुसार यस अघि केरुङ नाकाबाट सामान आयात गर्दा प्रतिकन्टेनर भाडादर १८ सयदेखि २ हजार अमेरिकी डलर पर्ने गथ्र्यो । समुद्री मार्गबाट सामान आयात गर्दा प्रतिकन्टेनर भाडादर ५ हजारदेखि ६ हजार अमेरिकी डलर तिर्नुपरेको छ । भाडादर नै महँगो परेपछि त्यसको असर सामानको मूल्यमा पर्ने भएकाले मूल्य बढ्नु स्वाभाविक भएको उनले बताए ।

रसुवागढी नाकाबाट नेपालतर्पm सामन ढुवानी गर्ने गाडीको भाडादर पनि बढेको छ । केरुङदेखि रसुवागढीसम्मको २८ किमी बाटोको भाडादर १५ हजार रुपैयाँ थियो । तर, अहिले उक्त बाटोको भाडादर गाडीवालाहरूले ६० हजार रुपैयाँसम्म लिने गरेका छन् । त्यसको प्रत्यक्ष असर सामानको मूल्यमा परेको छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्