Logo

डा खतिवडा राजदूत नियुक्त



काठमाडौं, पुस ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।
राष्ट्रपतिले मङ्गलबार डा खतिवडालाई मन्त्रिपरिषद्को सिफारिसमा राजदूत पदमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।यसअघि डा खतिवडा राष्ट्रिय सभाको सदस्य भई वर्तमान सरकारका अर्थमन्त्रीसमेत भईसकेका छन् ।

साथै, उनले केही समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए ।वित्तीय अर्थशास्त्रमा विद्यावारिधि गरेका। खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कको गर्भनर रहिसकेका छनु ।



प्रतिक्रिया दिनुहोस्