Logo

बासमतीबारे नेपाली दाबी युरोपेली सङ्घमा पठाइने



काठमाडौँ, पुस ८ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बासमती धानबारे विशेष अध्ययन गरेर त्यसको प्रतिवेदन युरोपेली सङ्घमा बुझाउने भएको छ ।भारतले बासमती धानको उत्पत्ति आफ्नो देशबाट सुरु भएको दाबी युरोपेली सङ्घमा पठाएपछि नेपालले पनि आफ्नो दाबी त्यहाँ पठाइसकेको छ ।

बासमती धानको उत्पत्ति नेपालबाट भएको हो भनी दाबी गरेपछि त्यसको प्रमाण दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अध्ययन सुरु गरेको हो ।त्यसको अध्ययनका लागि मन्त्रालयले जिन बैङ्कको तर्फबाट डा। बाबकृष्ण जोशीको संयोजकत्वमा कार्यदल गठन गरेको कृषि मन्त्रालयका सचिव डा। योगेन्द्र कार्कीले जानकारी दिए।

उद्योग तथा वाणिज्य मन्त्रालय तथा कृषि अनुसन्धान परिषद् (नार्क) लगायत विभिन्न सरोकारवालाको बैठकले बासमती धानमा हकदाबीका लागि नेपालले आवश्यक पर्ने सबै प्रमाण जुटाउन छलफल गरेर कार्यदल गठन गरेको नार्कका कार्यकारी निर्देशक डा दीपक जोशीले जानकारी दिए । युरोपेली सङ्घमा दाबी गरेको दिनदेखि दुई महिनाभित्र सबै प्रमाण पेस गर्नुपर्छ ।

भारतको हकदाबी परेपछि नेपालले पनि दाबी गरेसँगै हकदाबीका लागि मन्त्रालयमा बैठक बसेको उनले जानकारी दिए । उनले भने, “कृषि अनुसन्धान परिषद् (नार्क)मा रहेको राष्ट्रिय जिन बैङ्कमा रहेका बासमती धानका पुराना रेकर्ड तथा शताब्दी कटेका वृद्धवृद्धाबाट जानकारी लिने, धान उत्पादन हुने क्षेत्रमा गएर त्यसको विशेष अध्ययन गरिने आजको



प्रतिक्रिया दिनुहोस्