Logo

हराउँदै दाइँ गर्ने चलन



राजविराज, पुस ८ । सप्तरीसहित तराईका जिल्लामा गोरुले धान दाउनी गर्ने चलन हराउन थालेको छ । दाउनी गर्ने प्रविधि भित्रिएपछि गोरु वा राँगाले दाइँ (दाउनी) गर्ने परम्परा लोप हुने अवस्थामा पुगेको छ । धान गहुँ दाउनी गर्ने आधुनिक प्रविधि थ्रेसर मेसिन भित्रिएपछि गोरुले दाउनी गर्न किसानले छोडेका छन् ।

थ्रेसेरबाट छिटो, छरितो एवं सस्तोमा दाउनी भएपछि यसप्रति किसानको आकर्षण बढेको छ भने यसको प्रयोग पनि नियमित गर्दै आएका छन् ।धान काटिएपछि गोरुले दाउनी गर्न मजदुर नपाइने, पाए पनि समय धेरै लाग्ने हुँदा निकै झन्झटिलो हुँदा पुरानो परम्परावादी दाउनीलाई त्यागेर आधुनिकतामा ढल्किएको कृषक देवनारायण यादवले बताए ।

गोरुले दाउनी गर्न वर्षभर गोरु पाल्नुपर्ने, हरवा चरवा वा मजदुर राख्नुपर्ने आवश्यक हुने उनले अहिले गोरु पाल्न छोडेको र चाहेको बेलामा मजदुर पनि नपाइँदा दाउनी हराउन थालेको उनले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्