Logo

नेकपाको ओली पक्षधरको प्रशिक्षणमा यी नेताले पाए जिम्मेवारी (नामावलीसहित)



काठमाडौं, ८ पौष । नेपाल कम्युनिस्ट पार्टीको ओली पक्षधरले आज नयाँ केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिन शुरु गरेको छ । प्रशिक्षणका लागि नेताहरुलाई जिम्मेवार समेत दिइएको छ ।

सातै प्रदेशमा केन्द्रीय नेताहरुले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा नेकपाका ओली पक्षका प्रभावशाली नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।

सुदरपश्चिम प्रदेशको प्रशिक्षणको जिम्मेवारी पाउने शुरुको नाममा लेखराज भट्ट छ । उनी प्रचण्ड गुट त्यागेर ओली पक्षमा लागेका हुन् । गण्डकी प्रदेशमा पनि प्रचण्ड पक्ष त्यागेर ओली पक्षमा लागेका टोपबहादुर रायमाझीको नाम अगाडि छ । प्रदेश नं १ मा प्रशिक्षण दिनेमध्ये प्रचण्ड गुट त्यागेर ओली पक्षमा लागेका मणि थापाको नाम पनि छ ।

यसअघि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा ५ सय ५६ जना थपेका थिए । उनले ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका थिए ।

१. सुदूरपश्चिम प्रदेश– लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे

२. कर्णाली प्रदेश– शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य

३. लुम्बिनी प्रदेश– विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा

४. गण्डकी प्रदेश– टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल

५. वागमती प्रदेश– ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल

६. प्रदेश नं २.– ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो

७. प्रदेश नं. १.– सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फे



प्रतिक्रिया दिनुहोस्