Logo

नवराज सिलवाल ओली समूहको केन्द्रीय सदस्य



काठमाडौं, ८ पौष । बिघटित प्रतिनिधिका सांसद नवराज सिलवाल ओली समूहको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मनोनित भएका छन् । उनी हिजो ओलीले विस्तार गरी थपेको ५ सय ५६ केन्द्रीय सदस्यमा परेका छन् ।

सिलवाल पूर्व डिआइजी हुन् । उनी आइजीपी बन्न नपाएपछि राजीनामा दिई तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई ललितपुर १ बाट एमालेले उम्मेदवार बनाएको थियो । उदय शमशेर राणालाई पराजित गरी चुनाव जितेका सिलवाललाई ओलीले गृहमन्त्री बनाउने आश्वासन समेत दिएका थिए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्