Logo

नेकपाभित्र स्थायी कमिटी सदस्यहरुको कित्ताकाट (को कता, सूचीसहित)



काठमाडौं, ८ पौष । नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली र प्रचण्ड पक्षमा विभाजित भएपछि सबैजसो प्रभावशाली नेताहरुको कित्ताकाट भएको छ । मङ्गलबार विकसित भएको घटनाक्रम अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओलीले विहानै बैठक राखेर ५ सय ५६ जना केन्द्रीय सदस्य थपेर निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन् । त्यसको केही घन्टामै प्रचण्ड पक्षीय नेकपाको बैठक बसेर ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको प्रस्ताव पारित गरेको छ ।

ओलीले बालुवाटारमा र प्रचण्डले कार्की बैंकेटमा बैठक राखेका थिए । जहाँ उपस्थितमध्ये धेरैको ध्यान प्रभावशाली नेता को कता भन्ने थियो ।

बालुवाटारमा टोपबहादुर रायमाझी अघिल्लो लहरमा बसे । मणि थापा पनि अघिल्लो लहरमै राखिए । लेखराज भट्ट सोमबार नै ओली क्याम्पमा पुगेको घोषणा भइसकेको थियो । तीनैजना पूर्व माओवादीबाट आएका स्थायी कमिटी सदस्यहरु हुन् । ओली पक्षमा सचिवालयका इश्वर पोखरेल र विष्णु पौडेल दुईजना छन् । स्थायी कमिटीका १५ जना ओली पक्षका छन् ।

सचिवालयमा रहेका उपाध्यक्ष बामदेव गौतम र रामबहादुर थापा बादल कुनै पक्षमा लागेका छैनन् । उनीहरु केही समय चुप लागेर भावी रणनीति तय गरिरहेको बुझिएको छ । बादलले हिजो वामदेवलाई भेटी यसबारे परामर्श समेत गरेका छन् ।

पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रचण्ड पक्षले स्थायी कमिटी बनाएको छ । तर, यसअघि रहेको मौजुदा ४३ सदस्यीय स्थायी कमिटीमध्ये २६ जना प्रचण्ड र माधव नेपाल पक्षमा छन् । यो पक्षमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, जर्नादन शर्मा, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायत हस्ती नेताहरु छन् ।

ओली पक्षधर स्थायी कमिटी सदस्यहरु

अध्यक्ष केपी शर्मा ओली
सचिवालय सदस्य इश्वर पोखरेल
महासचिव विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ्ग
लेखराज भट्ट
टोपबहादुर रायमाझी
मणिचन्द्र थापा
किरण गुरुङ्ग
रघुवीर महासेठ
विष्णुप्रसाद रिमाल
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा

प्रचण्ड र माधव पक्षका स्थायी कमिटी सदस्यहरु

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
वरिष्ठ नेता झलनाथ खनाल
वरिष्ठ नेता माधवकुमार नेपाल
प्रवक्ता नारायणकाजी श्रेष्ठ
अष्टलक्ष्मी शाक्य
गणेश शाह
गिरिराजमणि पोखरेल
गोकर्ण बिष्ट
घनश्याम भुसाल
चक्रपाणी खनाल
जर्नादन शर्मा
देवप्रसाद गुरुङ
देवेन्द्र पौडेल
पम्फा भुसाल
वर्षमान पुन
वेदुराम भुसाल
भीमप्रसाद आचार्य
भीमबहादुर रावल
मातृकाप्रसाद यादव
मुकुन्द न्यौपाने
रघुजी पन्त
लिलामणि पोखरेल
युवराज ज्ञवाली
योगेशकुमार भट्ट
सुरेन्द्रप्रसाद पाण्डे
शक्तिबहादुर बस्नेत
हरिप्रसाद गजुरेल

तटस्थ

बामदेव गौतम
रामबहादुर थापा बादल



प्रतिक्रिया दिनुहोस्