Logo

सशस्त्र प्रहरी निरीक्षक र हवल्दार अख्तियारको फन्दामा



काठमाडौं, ८ पुस । सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्कीसहित दुई जनामाथि भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । बोर्डर आउट पोष्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङले सेवाग्राहीसँग घुस मागेको उजुरी आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

हवल्दार गुरुङले सशस्त्र प्रहरी निरीक्षक कार्कीको निर्देशनमा भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग ३५ हजार रुपैयाँ लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा पुष्टि भएको थियो ।

उनीहरुमाथि कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्