Logo

७ वर्षसम्म बहिनी बलात्कार गर्ने दाजु



काठमाडौं । दाजु बहिनीबीचको नाता सबैभन्दा पवित्र मानिन्छ । बहिनीलाई दाजुभाईले पुजा गरेर ढोग्ने गर्छन् । तर तीनै दाजुले आफ्नै बहिनीलाई लगातार सात वर्षसम्म बलात्कार गरेको रहस्य बाहिर आएको छ । पाल्पाको तिनाउ घर भएका हाल बुटबलमा बस्दै आएका दाजुले बहिनीलाई बलात्कार गरेको मुद्दा अदालतमा परेपछि घटना बाहिर आएको हो ।

ती दाजुले बहिनीलाई सात वर्षको उमेरदेखि बलात्कार गर्दै आएको बहिनीले अदालतमा दिएको मुद्दामा भनिएको छ । बहिनीले दाजुविरुद्ध मुद्दा हालेपछि घटना बाहिर आएको थियो ।

मंसिर २३ गते हाडनाता करणीसम्बन्धि मुद्दा दिएको अदालतले जनाएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने दाजुले बहिनीलाई आफु बस्ने कोठामा लगेर बलात्कार गर्ने गरेका थिए । सानै उमेरमा बलात्कृत भएको पिडा परिवारलाई भन्ने आँट नआएपछि आमा बाबुको मृत्युपछि मात्र युवतीले दाजुविरुद्ध अदालतमा जाहेरी दिएकी थिइन् ।

उनले सानो हुँदा भन्न नसकेपनि ठुली भएर परिवारमा भन्न खोज्दा दाजुले घरमा बाँधेर राख्ने गर्थे । दाजुले बाँधेर राखेपछि उनी एकदिन फुत्किएर काठमाडौं आएकी छिन् । उनलाई दाजुले विभिन्न औषधि खुवाएर बलात्कार गर्ने गर्थे । लगातार रुपमा बलात्कृत भएपछि उनको मानसिक हालत बिग्रदै गएर उनले हाल मानसिक समस्याको उपचार पनि गराइरहेकी छिन् ।

चार वर्षसम्म वैदेशिक रोजगारीमा बसेर फर्किएकी उनी आफूमाथि सात वर्षसम्म भएको बलात्कारको पिडा र मानसिक यातना विरुद्ध न्याय खोज्न नेपाल आएकी छिन् । युवतीले ३ महिनाको अन्तरमा बुवा आमासमेत गुमाएकी छिन् । मुलुकी अपराध संहिता अनुसार हाडनातामा बलात्कार गरेमा जन्मकैददेखि १० वर्षसम्म कैद सजाय र एक लाख सम्म जरिवाना हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस्