Logo

चालक अनुमतिपत्रको ट्रायल खुल्दै



काठमाडौ । कोरोना भाइरसको कारण बन्द भएको चालक अनुमतिपत्र (ट्रायल) विभागले खुला गर्ने भएको छ । यातायात व्यवस्था विभागले पुसको अन्तिमसम्म ट्रायल खुला गर्ने तयारी गरेको हो ।

प्रदेश सरकारले विभागलाई ट्रायल खोल्नको लागि लगातार दबाब दिएको थियो । यातायात विभागले अझै तीन महिना खुला नगर्ने बताएको थियो ।

कोरोना महामारीको कारण ११ चैत्रबाट सवारी चालक अनुमतिपत्रको परिक्षा रोकिएको थियो । अब भने एक हप्तापछि खुल्ने सम्भावना धेरै छ । विभागले चालक अनुमतिपत्र दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन दुवैको परिक्षा लिने तयारी गरिरहेको छ । लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा दुवै लिने विभागको तयारी छ ।

सातैवटा प्रदेशमा लिखित र मौखिक परीक्षा खुला गरेपनि अनलाइन प्रणालीबाट परीक्षा लिने गरी आवेदन खुलाएपनि दैनिक परीक्षाको कोटा भने यातायात कार्यालयले नै तोक्ने जनाएको छ । सवारी चालक अनुमतिपत्रको परिक्षा रोकिएपछि र यातायात कार्यालयले काम बन्द गरेपछि हजारौ सवारी साधनहरु प्रभावित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्