Logo

श्रीकृष्णका यी ९ मन्त्र, जप गर्दा हरेक समस्या हट्ने



माघ महिनामा भगवान कृष्णको पुजा गर्नेले विभिन्न समस्याबाट मुक्ति पाउने विश्वास छ । जुन परिवारमा झगडाको कारण अशान्ति भइरहेको छ, त्यस घरमा माघ महिनामा यी मन्त्रको आधिकारीक जप गर्नुपर्छ । यी मन्त्रले दुःख दरिद्रबाट मुक्ति पाइन्छ ।

-सबै दुखबाट छुटकारा पाउने मन्त्रः दुख कष्टबाट छुटकारा पाउनलाई ११ पटक एकाग्रचित भएर यो मन्त्र जप गर्नुपर्छ ।

कृष्णाय वासुदेवाय हरये परमात्मने । प्रणतक्लेशननाशय गोविन्दाय नमो नम ।।।

-हरेक परिस्थितिमा विजय बनाउने मन्त्रः जीवनमा आउने विपरित परिस्थितिमा विजय प्राप्त गर्नको लागि श्रीमद्धगवद्धीताको यी श्लोक पढ्नुपर्छ ।

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।

-सम्पत्तिका स्वामी बनाउने मन्त्रः सम्पत्ति प्राप्त गर्नको लागि दैनिक यो मन्त्र जप्नुपर्छ ।

यत्र योगेश्वरः श्रीकृष्णः यत्र पार्थो धनुर्धरः । तत्र श्रीर्विजयो भुतिध्रुवा नीतिर्मतिर्मस ।।

-घरमा झगडा कम गर्नः यो मन्त्र जप गर्दा परिवारमा खुशी फर्किएर आउछ ।

कृष्णायवासुदेवाय हरयेपरमात्मने । प्रणतक्लेशनाशायगोविन्दायन मोनमः ।।

-प्रेम विवाहको मन्त्रः जसको प्रेम विवाहमा ढिलो भैरहेको छ भने उनले चाडैनै मन परेको विवाह गर्नलाई श्रीकृष्णको यो मन्त्र १०८ पटक जप गर्नुपर्छ ।

क्लीं कृष्णाय गोविन्दाय गोपीजनावल्लभाय स्वाहा ।

-सुन्दर सन्तानको लागि मन्त्रः चाडैनै सन्तान चाहेमा घरमा श्रीकृष्णको बालस्वरुप लड्डु गोपलाको प्रतिमा राख्नु पर्छ । सुन्दर सन्तानको लागि यो मन्त्र जप गर्नुपर्छ ।

सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज । अशं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच ।।

-यदि कुनै गुरु नभएमा यो मन्त्र जप गर्नेः

वसुदेवसुतं देवं कंसचाणुरमर्दनम् । देवकी परमानन्दं कृष्णं वन्दे जगद्धरुम् ।।

-निसन्तान दम्पत्तिको लागि मन्त्रः जुन दम्पत्तिको सन्तान छैनन् उनीहरुले तुलसीको शुद्ध मालाले पवित्रताको साथमा सन्तान गोपाल मन्त्रको नित्य १०८ पटक गर्नुपर्छ ।

देवकीसुत गोविन्द वासुदेव जगत्पते । देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः ।।

-कुमारी कन्याले यो मन्त्र जप्नेः जसको विवाह भएको छैन् अर्थात ढिलो भइरहेको छ, ती कन्याहरुले श्रीकृष्ण जस्ता सुन्दर पति प्राप्तिको लागि यी मन्त्र जप गर्नुपर्छ ।

कात्यायनि महामाये महायोगिन्यधीश्रि । नन्दगोपसुतं देवि पतिं मे कुरु ते नमः ।। धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्