Logo

नेकपाका दुवै पक्षको नामावली निर्वाचन आयोगमा



काठमाडौं, पुस ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ अध्यक्ष माधवकुमार नेपाल पक्षले पनि बुधबार निर्वाचन आयोगमा पार्टीका केन्द्रीय कमिटी सदस्यहरूको हस्ताक्षर बुझाएका छन् । यसअघि नेकपा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट विस्तारित केन्द्रीय समितिको नामावली आयोगमा प्रस्तुत भइसकेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाका दुवै पक्षबाट आआफ्ना पक्षकोे दाबीसहित हस्ताक्षर आयोगमा बुझाइएको र त्यसलाई दर्ता गरिएको बताए। उनले नेकपा प्रचण्ड–नेपाल समूहबाट २८७ जनाको हस्ताक्षर भएको विवरण आयोगलाई प्राप्त भएको जानकारी दिए । बुधबार आयोगमा निवेदन दर्ता गर्न नेताहरू सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत रहेका छन् ।

निवेदन दर्ता गरेपछि नेता पाण्डेले नेकपाको हाल बहाल रहेका ४३७ जना केन्द्रीय सदस्यमध्ये बहुमतभन्दा बढी केन्द्रीय सदस्यको हस्ताक्षर आयोगलाई बुझाएको दाबी गरे । पार्टी एकता हुँदा ४४१ रहेकामा चार जना थपेर ४४५ पु¥याइएकोमा तीन जनाको निधन भएको, पाँच जनाले संवैधानिक नियुक्ति पाएको तथा डा युवराज खतिवडासहित तीन जना राजदूत भएकाले हाल नेकपाको केन्द्रीय कमिटीको कुल सङ्ख्या ४३७ सदस्यीय रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्