Logo

नेकपा फुट्दा चीनलाई धक्का पुगेको भारतीय पत्रिकाको जवाफमा चिनियाँ पत्रिकाले भन्योः चीनलाई क्षति पुगेको छैन



एजेन्सी, ९ पुस । चीनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विभाजनको अवस्थालाई गम्भीरताका साथ लिएको छ । उसको विदेश मामलासम्बन्धी सन्देश प्रवाह गर्ने ग्लोबल टाइम्सले नेकपाको विवादले राजनीतिक स्थायित्वलाई ओझेलमा पारेको उल्लेख गर्दै गम्भीरता देखाएको हो ।

ग्लोबल टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशपछि राष्ट्रिपति विद्या देवी भण्डारीले गत आइतबार संसद विघटन गरेको र निर्वाचनको मिती समेत बैशाखमा हुने गरी तय भएको लेखेको छ । नेपालको सत्तारुढ दल तत्काल आन्तिरक द्वन्द्वमा फसेको उल्लेख गरेको छ ।

एमाले र माओवादी केन्द्रले सन् २०१८ मा संयुक्त रुपमा नयाँ पार्टी गठन भएर नेपाल कम्युनिष्ट पार्टी नाम राखिएको भन्दै सो पार्टीको अध्यक्षद्वय ओली र प्रचण्डद्वारा सञ्चालन गरिएको विषय उल्लेख गरेको छ । नकपा अध्यक्षद्वयबीच शक्ति र सत्ताको बाँडफाँड गर्न नसकेको कारण नेकपा तत्काल फूटको संघारमा पुगेको भनिएको छ । अध्यक्षद्वयबीच लामो समयदेखि द्वन्द्व चलिरहेको र एक अर्का प्रति विभिन्न मुद्दामा आरोप प्रत्यारोप लगाइरहेको जगजाहेर रहेको ग्लोबल टाइम्सले लेखेको छ ।

दुई तिहाईको बहुमत ल्याइ सरकार बनाएको नेकपाले नेपालमा आर्थिक विकास र समृद्विको बाटो जाने बनेपनि सरकार तीन वर्षको कार्यकाल नबित्दै संसद विघटन गर्न बाध्य भएको भनिएको छ । ओली र दहालको नेतृत्वमा रहेको नेकपा पुनः फुट्ने निश्चित देखिएको ग्लोबल टाइम्सले लखेको छ । यसले पुनः नेपालमा राजनितिक अस्थीरता कायम गरेको भनेको छ ।

नेकपा फ्ट्दा नेपालको अन्य पार्टी नेपाली काँग्रेसलगायत अन्य पार्टीहरुलाई निकै फाइदा पुगेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । संसद विघटनले मुलुकमा अशान्ति कायम गरेको समेत भनिएको छ ।

नेकपा विभाजन भए मत पनि विभाजन हुने भएको कारण निर्वाचनको नतिजाले कस्को पक्षमा जाने भन्ने विषय समेत अन्यौलमा रहने भनिएको छ । तत्कालको नतिजा र समसामायिक विषय हेर्दा नेपालको कुनै पार्टी दूई तिहाईको बहुमत प्रतिनिधिसभामा ल्याउन नसक्ने ग्लोबल टाइम्सले उल्लेख गरेको छ । निर्वाचन प्रक्रिया सकेपछि पुनः नेपालमा गठबन्धनको सरकार हुने आँकलन गरिएको छ ।

ग्लोबल टाइम्सले लेखेको अनुसार भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले उक्त विघटन र अस्थिरताले चीनलाई धक्का पुर्याएको जिकिर गरेको छ । उक्त ओरोपको जवाफमा ग्लाबल टाइम्सले चीनलाई विघटनले कुनै प्रकारको क्षति नपुर्याएको समेत लेखेको छ । भारतीय सञ्चार माध्यमले नेपालको कम्युनिष्ट पार्टी र नेपालको आन्तरिक विवादलाई समाधान गर्न चीनको निकै चलखेल भएको निरन्तर बताउँदै आएको समेत उल्लेख गरेको छ ।

ग्लोबल टाइम्सले चीनले नेपालमा स्थिरता आओस् भन्ने चाहेको उल्लेख गरेको छ । नेपालमा कस्को सरकार छ भन्ने विषयमा चीनलाई कुनै चासो नरहेको भन्दै नेपालमा स्थायी सरकारको अपेक्षा राखेको भनेको छ । चीनले नेपालका कुनै पनि सत्ताधारी पार्टीलाई दबाब नदिएको तर, भारतले सधै नेपालमा आफ्नो चासो र दबाब कायम गरेको आरोप लगाएको छ ।

चीनले विवाद मिलाउन र स्थिरता कायम गर्न समन्यव गरेको ग्लोबल टाइम्सले लेखेको छ । उसले भारतीय पक्षद्वारा चीनमाथि लगाइएको आरोपहरु आधारहीन रहेका भनेको छ । भारतले निरन्तर नेपाल चीन सम्बन्धलाई चिढाउने काम गरेको आरोप लगाएको छ । यसले सम्बन्धमा कुनै प्रकारको नकारात्मक असर नहुने भनेको छ । नेपाल र चीनको सम्बन्धलाई केही भारतीय सञ्चारमाध्यले बिगार्न खोजीरहेको ग्लोबल टाइम्सको आरोप छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्