एजेन्सी, ९ पुस । बलिउड फिल्म निर्माता संजय लीला भंसाली धेरै समयबाट आफ्नो फिल्म ‘गंगुबाई काठियावाडी’ लाई लिएर चर्चामा छन् । फिल्ममा आलिया भट्टले मुख्य भुमिका निभाएकी छिन् । वर्तमान समयमा फिल्म निर्माता विवादमा फसेका छन् ।
वास्तवमा गंगुबाईका परिवारहरुले फिल्ममाथि आपत्ति जनाउदै बम्बे अदालतमा मुद्दा दायर गरेका हुन् । गंगुबाईको परिवार फिल्मको कहानीबाट खुशी भएनन् । यसकारण भंसाली, आलिया भट्ट र फिल्मका लेखक हुसेन जैदीको विरुद्धमा मुद्दा दायर गरेका थिए ।
अदालतले यी तिनै जनालाई ७ जनवरी २०२१ मा जवाफ दिने समय दिएको छ । भंसालीले बनाएको यो फिल्म हुसैन जैदीद्धारा लिखिएको किताब ‘माफिया क्वीन अफ मुम्बई’ मा आधारित छ । जैदीले आफ्नो यस किताबमा गुजरातका काठियावाडीमा बस्ने एक युवती गंगा हरजीवनदासको पुरा जिन्दगी उतारेका छन् । जसमा केही झट्का दिने खालका केही पनि छन् ।
यो फिल्मको शुर्टिङ मुम्बईमा भइरहेको थियो । धेरे प्रतिशत काम त सकिसकेको छ । गंगुबाईको असली नाम गंगा हरजीवदास थियो जो गुजरातको काठियावाडीमा बस्ने गर्थिन् । उनको १६ वर्षको पिताका एकाउन्टेनसँग माया बस्यो र उनीसँग विवाह गरेर मुम्बई भागेर आएकी थिइन् । उनका पतिले उनलाई जम्मा ५ सय रपैयाँमा बेचिदिएका थिए ।
फिल्मको विभाजनबाट पहिला र पछिको कहानी देख्न सकिनेछ । आलियाले एक गैगस्टारको भुमिका निभाएकी छिन् । आलिया र भंसाली पहिलो पटक यस फिल्ममा हात मिलाएका हुन् । यसमा अजय देवगन पनि कैमियो रोलमा देखिनेछन् ।