Logo

बादलले भनेः उहाँहरु (प्रचण्ड र माधव नेपाल) दुश्मनको जालमा पर्नुभयो



काठमाडौं, ९ पौष । गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा बादलले प्रचण्ड र माधवकुमार नेपाल दुश्मनको जालमा परेको टिप्पणी गरेका छन् । उनले दुवै नेता क्रान्तिको उपलब्धिहरुलाई उल्टाउन केन्द्रित भएको आरोप समेत लगाए ।

‘उहाँहरुको ध्यान क्रान्तिको उपलब्धिहरुलई उल्ट्याउन केन्द्रित छ,’ बादल आज नेकपाको ओली समूहको बैठकमा उपस्थित हुँदै भने, ‘उहाँहरु दुश्मनको जालमा पर्नुभएको छ ।’ नेकपालाई विभाजित गराउन विभिन्न शक्ति लामो समयदेखि सक्रिय भएको भन्दै बादलले प्रचण्ड र माधव नेपाललाई त्यसको सहयोगी बनेको आरोप लगाए ।

ओलीले प्रचण्डबाट चार हस्तीलाई आफ्नो पक्षमा यसरी ल्याए

उनले कम्युनिस्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितको पषमा अग्रमोर्चामा रहेर भूमिका गरेको भन्दै ओलीको प्रशंशा गरे । उनले भने, ‘म साथ दिन यहाा उपस्थित भएको छु ।’ बादलले नेकपाको एउटा गुट अलग भएको भन्दै त्यसमा प्रतिक्रियावादीहरुले खुशी र उत्सव मनाइरहेको बताए ।

प्रतिनिधिसभाको बिघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बादलको तर्क छ । उनले चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरुलाई परास्त गरिने बताए ।

 



प्रतिक्रिया दिनुहोस्