Logo

धुम्बाराहीमा तालाबन्दी भएपछि बल्खु पुगे प्रचण्ड, नेपाल र खनाल



काठमाडौं, ९ पौष । यतिबेला धुम्बाराहीस्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय तालाबन्दीमा छ । नेकपाको ओली समूहले बालुवाटारमा पार्टी बैठक गर्दै आएको छ । प्रचण्ड समूहले भने राजधानीको कार्की बैंकेटमा बैठक गर्दै आएको छ ।

पार्टी र सुर्य चिन्हको कस्को हुने हो टुंगो नलागेसम्मका लागि नेताहरु विकल्प खोज्नतिर लागेका छन् । प्रचण्ड समूहले अहिले बल्खुतिर ध्यान मोडेको छ । बल्खुमा तत्कालिन नेकपा एमालेको भव्य भवन थियो जहाँ उसले लामो समय पार्टी कार्यालय सञ्चालनमा ल्यायो ।

२०७२ सालको भूकम्पमा भवनमा क्षति पुग्यो । त्यसपछि उक्त भवन भत्काउने भएपछि धुम्बाराहीमा पार्टी कार्यालय सारिएको थियो । एमाले र माओवादीबीच एकीकरण भई नेकपा बनेपछि धुम्बाराहीमा पार्टी केन्द्रीय कार्यालय सञ्चालनमा आयो ।

धुम्बाराहीमा तालाबन्दी पछि प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालको ध्यान बल्खुतिर गएको हो । तीनैजना नेताहरु आज बल्खुको मदननगरस्थित कार्यालय क्षेत्रको अवलोकन गर्न पुगेका छन् । उक्त स्थानमा नेकपाको नाममा जग्गा छ । त्यहाँ पार्टी कार्यालय बनाउने तयारी पनि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्