काठमाडौं, पुस १ । पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो समय पश्चिमी वायुको सामान्य प्रभावकै कारण तराईई र पहाडका केहि भू–भागमा हुस्सु लाग्न थालेको छ ।
विभागका अनुसार शुक्रबार दिउँसो देशको पहाडी भू(भागमा आँशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।