Logo

प्रचण्डले निर्वाचनमा आयोगमा भनेः सुर्य चिन्ह हाम्रो



काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोगमा पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनालसहित निर्वाचन आयोगको गेटमा पुग्दा केही बेर रोक्किए । भित्रको आदेश आएपछि जान अनुमति पाएका नेताहरु सिधै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौडेल बसेको कोठामा पुगे ।

आयोगमा पुगेपछि प्रचण्डले नेकपामा आधिकारिक आफूहरु भएको दाबी प्रस्तुत गरे । उनले भने,‘हरेक दृष्टिकोण्(ा, कारण, आधार, विधि, विधान, संविधान बमोजिम पनि हामी नै वैधानिक हौं ।’ प्रचण्डले यसो भनिरहँदा प्रमुख निर्वाचन आयुक्त थपलिया र दुईजना आयुक्तहरु सुनिरहे । प्रचण्डले फेरि थपे,‘सुर्य चिन्ह हाम्रो हुन्छ ।’ उनले जसको पार्टी हुन्छ उसैको सुर्य चिन्ह हुन्छ भन्दै चुनाव चिन्हमा दाबी प्रस्तुत गरे ।

सबै प्रमाण केलाउँदा आफू र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नै आधिकारिक भएको प्रचण्डको तर्क थियो । उनले पार्टीको आधिकारिकतामा षड्यन्त्र हुनसक्ने भन्दै छिटो निर्णय दिन आग्रह गरे ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले तीनजना पूर्व प्रधानमन्त्रीहरु आफै आएको भन्दै यसबारे आयोग गम्भीर भएको बताए । उनले सबै विषय केलाएर छिटो टुंग्याउने बताए । निर्वाचन आयोगले विधि र नियम हेरेर छिट्टै निर्णय दिने समेत सुनाए । राजनीतिक दलसम्बन्धी नियमावली हेरेर त्यसकै आधारमा निर्णय गरिने उनको भनाई थियो ।

 



प्रतिक्रिया दिनुहोस्