Logo

गणतन्त्र ल्याउने र संविधान निर्माण गर्नेलाई अवरोध गर्ने भन्दै माधव नेपाल जंगिए



काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड पक्षका नेताहरु निर्वाचन आयोगमा जुलुससहित प्रवेश गर्न लाग्दा केहीबेर रोक्किए । ‘माथिको आदेश’ भन्दै सुरक्षाकर्मीले उनीहरुलाई केहीबेर रोके । माथिको आदेश आएपछि बल्ल पूर्व प्रधानमन्त्रीत्रय प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेकपा नेताहरु प्रवेश गर्न पाए ।

केहीबेर गेटमा रोक लगाएकोमा माधव नेपालले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया समेत असन्तुष्टि पोखे । उनले भने,‘हामीलाई गेटमा किन रोकियो ?’ आफूहरुले गणतन्त्र र संघीयता ल्याएको स्मरण गराउँदै नेपालले ‘संविधान निर्माण गर्नेहरुलाई नै नचिन्ने ?’ भनी प्रश्न गरेका थिए ।

आफू माइतीघर मण्डला देखि हिंडेर आउँदा उत्साह जागेको सुनाए । उनले हिंडेर आउन सक्दिनँ कि जस्तो लागेको तर उत्साहका साथ हिंडेको बताए ।

नेपालले नियम, कानुन र विधि विधान अनुसार आफूहरु नै आधिकारिक नेपाल कम्युनिस्ट पार्टी भएको तर्क गरे । उनले भने,‘नियम कानुन हेर्नुहोस्, हामी नै आधिकारिक हौं ।’ आफूहरुसँग दुई तिहाई केन्द्रीय सदस्य साथमा रहेको समेत सुनाए ।-तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्