Logo

नेपाल लाईफको बोनसदर घोषणा



काठमाडौं, १० पुस । नेपाल लाईफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को लागि बीमा समितिबाट बिहीबार स्वीकृत भएको नयाँ बोनसदर शुक्रबार सार्वजनिक गरेको जनाएको छ ।

इन्स्योरेन्सले बीमितिलाई प्रतिवर्ष प्रतिहजार न्युनतम ६२ रुपैयाँ देखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने भएको छ । पाँच वर्ष अवधीको बीमा पोलिसीमा ६२ रुपैयाँ बोनस दर तोकिएको छ । बिक्रि भएको ५ वर्षदेखि १५ वर्षे पोलिसीमा ६५ रुपैयाँ बोनस दर बीमा समितिले स्वीकृत गरेको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सावधिक तथा सामुहिक जीवन बीमालेख अन्तर्गत बाल शिक्षा योजना, केटाकेटी, जीवन लक्ष्मी र जीवन सारथी, सुरक्षित जीवन, जीवन ज्योती रुलर इन्डोमेन्ट बीमालेखमा ५ देखि १५ वर्ष अवधिको लागि ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको बीमालेखका लागि ७२ रुपैयाँ, २६ वा सो भन्दा माथिको बीमा अवधिलाई ८२ रुपैयाँ बोनश दर बीमा समितिबाट स्वीकृत भएको छ ।

यस कम्पनीका अधिकांश जीवन बीमालेखहरुले ६५ रुपैयाँ बोनस पाउने भएका छन् । कम्पनीले अग्रिम भुक्तानि सावधिक बीमालेखका लागि नौलो धन वर्षा–२० वर्ष, छोराछोरी, सदाबहार जीवन, जीवन शान्ति, जीवन उन्नती बीमालेखका लागि ५ देखि १५ वर्ष अवधि तर्फ ६५ रुपैयाँ र १६ देखि २० वर्ष अवधिको लागि ६५ रुपैयाँ प्रति वर्ष प्रति हजार बोनसदर निर्धारण गरेको जनाएको छ ।

यसरी नै २१ देखि २५ वर्ष अवधिको लागि ७२ रुपैयाँ प्रतिहजार र २६ वर्ष वा सो भन्दा माथिको लागि बीमालेखमा ८२ रुपैयाँ बोनसदर घोषणा गरेको छ । त्यस्तै अग्रिम भुक्तानि (जीवन समृद्धि) योजनामा १५ वर्ष अवधिलाई ६२ रुपैयाँ र २० वर्षको अवधिलाई ६४ रुपैयाँ बोनस दर कायम गरेको छ ।



प्रतिक्रिया दिनुहोस्