Logo

राष्ट्रबादी नागरिक समाजले हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै पौष १८ गते शक्ति पदर्शन गर्ने



काठमाडौं, १० पुस । राष्ट्रवादी नागरिक समाजले राजसस्था पुर्नवहालीको लागि शक्ति प्रदर्शन गर्ने भएको छ । पौष १८ गते शनिबार रत्नपार्कमा दिउँसो १२ बजे शक्ति प्रदर्शन गर्ने समाजले शुक्रबार रिपोटस् क्लव नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।

उक्त कार्यक्रममा राष्ट्रबादी नागरिक समाजका अध्यक्ष चन्द्र बहादुर रामदाम(चवरा)ले राष्ट्रवादी शक्तिको नेतृत्वमा हिन्दु अधिराज्य सहित राजसंस्था पुनस्थापना गर्ने बताए । ‘राजनीतिक परिवर्तन गरेर मात्र हुँदैन, अब २०७२ सालको संविधान फालेर नयाँ संविधान बनाउनु पर्छ ।­’ उनले देशमा राजनीतिक दलका नेताहरुले भ्रष्टाचार र अस्थिरता बढाएर संकट ल्याएको आरोप लगाउँदै मृत्युदण्ड दिनुपर्ने बताए । उनले नेताहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै भने, ‘अब यिनीहरुलाई मृत्युदण्ड दिनु पर्छ ।’

कार्यक्रममा बोल्दै उप–संयोजक लक्ष्मी मल्लले राष्ट्रवादी आन्दोलनमा सबैलाई सहभागी भइदिन अनुरोध गरिन् । उनले अबको सडक आन्दोलनको औचित्य भनेको राजा पुनःस्थापन गर्ने हो भन्दै अब जनता नेताको नभई राजाको झोला बोक्न तयार भएको जिकिर गरिन् ।

केन्द्रीय सचिव ज्ञान बहादुर थिङ्गले स्वागत मन्तव्य दिँदै देश संकटमा परेको छ भन्दै पौष १८ गते शनिबार दिउँसो १२ बजे रत्नपार्कमा उपस्थिति भैदिन सबैलाई अनुरोध गरे ।त्यसैगरी कार्यक्रममा महासचिव ध्रुव गुरुङ्गले देश अभिभावक बिहिन भएको बताए । उनले सबै राजसंस्था ल्याउन सडकमा आउन आग्रह गरे ।

महासचिव प्रकाश श्रेष्ठले गणतन्त्र फालेर राजतन्त्र पुनस्थापना गर्नुपर्नेमा जोड दिए । उनले राजा नहुँदा देश विदेशीको अखडा बनेको तर्क गरे ।



प्रतिक्रिया दिनुहोस्