श्रीकृष्णले सम्पुर्ण जगतको लागि गोकुल, वृन्दावनलाई छाडेनन् तर उनले आफ्नी सबैभन्दा प्रीय बासुरी र प्रीया राधालाई छोडे । यसको कारण थियो उनी अधर्मको साम्राज्यलाई ध्वस्त पार्न चाहन्थे । श्रीकृष्णको सम्पुर्ण जीवन अधर्मको विरुद्ध एक युद्ध थियो । उनको जीवनको अन्तिम युद्ध महाभारत थियो ।
आज हामी श्रीकृष्णका यस्ता नीतिका बारेमा चर्चा गर्छौ, जसले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय राजनितिमा पनि अहम भुमिका निभाउन सहयोग हुन्छ । सत्यले कयौपटक हार व्यर्होनुपर्छ । तर अन्तिममा जीत सत्यकै हुन्छ ।
स्पष्ट हुनुपर्छ को कताको होः श्रीकृष्णले भनेका थिए, कुल वा कुटुम्ब भन्दा ठुलो देश हो । देश भन्दा ठ्लो हो धर्म । धर्मको नाश गर्नाले देश र कुलको पनि नाश हुनेछ । महाभारत युद्धमा श्रीकृष्णले धर्म पक्ष को र विपक्षमा को हो त्यो स्पष्ट हुन् पर्ने बताएका छन् । अर्थात शत्रु कोहो मित्रु को हो समयमा नै चिन्ह्रु पर्छ । श्रीकृष्णले कुनै योद्धा बाहिर एउटा भन्ने र भित्रभित्रै अन्र्तघात पनि गर्न सक्छन् तिनीहरुलाई समयमा नै पहिचान गर्नुपर्ने युद्धको समयमा बताएका थिए ।
सन्धी सम्झौता त्यत्तिबेला मान्नु हुँदैनः श्रीकृष्णले जब एक पक्षले नियम र सम्झौताको उल्लंघन गरेमा आफ्नो पक्षले पनि नियम मान्नु हुँदैन । यसबाट कुनै नियम र सम्झौता अटल हुन सक्दैन भन्ने साबित हुन्छ । महाभारत युद्धमा अभिमन्युलाई चक्रव्युहमा फसाएर नियमको उल्लंघन गरेर निर्ममतापुर्वक कौरव पक्षले मारेका थिए ।
शक्तिशालीबाट कुटनीतिक तरीकाले काम लिनुः जब दुस्मन शक्तिशाली भएमा सिधै लडाई नगरेर कुटनीतिले लड्नु पर्छ । श्रीकृष्णले कालयवन र जरासन्धसँग यहि तरिकाले लडेका थिए । ती दुवैजना लड्नमा शक्तिशाली थिए तर कृष्णले लड्नलाई कुटनीति लगाएर जिते । यदि सजिलै जित्न सकिदैन भने कुटनीति अपनाउनु पर्छ ।
सख्या होइन साहस र सही समयको आवश्यकता पर्छः युद्धमा सख्याको बलको महत्व हुँदैन, तर साहस, नीति र सहि समयमा सही अस्त्र एवं व्यक्तिको उपयोग गर्नु महत्वपुर्ण कार्य हो । पाण्डवको सख्या कम थियो तर कृष्णको नीतिको कारण जितेका हुन् । घटोत्कचको युद्धमा उतार्र्नु पर्ने आवश्यकता थियो किनकी कर्णको अचुक अस्त्र चलाउनु पर्थ्र्यो । नत्रभने कर्णले अर्जुनलाई त्यो अस्त्र प्रहार गर्न चाहान्थे ।
प्रत्येक सैनिकलाई राजा सम्झनेः जसले राजा वा सेनापति आफ्ना सैनिकलाई पनि सम्झन्छ, उनीहरुले सैनिकको सरक्षा गर्छन् । उनीहरुको जीत सुनिश्चित हुन्छ ।
अधर्मीलाई मार्ने समयमा केही सोच्नुहुँदैनः यदि तपाइँलाई दुस्मनलाई मार्ने अवसर आएमा मौका चुकाउनु हुँदैन् । यदि त्यो दुस्मन बाचेमा आफ्नै लागि टाउको दुखाई बन्न सक्छ । उसकै कारण हार्न पनि सक्नुहुन्छ ।
निष्पक्ष तथा तटस्थमाथि भर नगर्नुः जो निष्पक्ष छ, वा तटस्थ वा यी दुवै छ भने इतिहासमा उ पनि अपराधी हुनेछ । वास्तवमा त्यो व्यक्ति सहि हो जो धर्म, सत्य र न्यायको साथमा छ ।
युद्धको जोशमा ज्ञान आवश्यक हुन्छः भयंकर युद्धकोबीचमा पनि श्रीकृष्णले अर्जुनलाई गीताका ज्ञान दिएका थिए । यो नै सबैभन्दा अद्धभुत थियो । यसको तात्पर्य कुनै पनि मोर्चाका व्यक्ति युद्ध लडिरहेपनि तर, उसले ज्ञान, सत्संग र प्रवचन सुन्नु पर्छ । यो उत्पे्ररणाको लागि आवश्यक पर्छ । यसबाट योद्धाको आफ्नो मुल लक्ष्यमा ध्यान जान्छ ।
युद्धको योजना आवश्यक पर्छः महाभारत युद्ध श्रीकृष्णले म्यानेज गरेकै कारण पाण्डवहरुको सख्या कम भएपनि युद्ध जितेका थिए । उनले सबै योजना एक एक गरेर गरेका थिए । यसको अर्थ कुनै काम गर्नुछ भने कम्तीमा पनि ५÷७ वर्षको योजना हुनैपर्छ होइन भने सफलता पाउने कुनै ग्यारेन्टी हुँदैन ।
डरलाई जित्नु आवश्यकः श्रीकृष्णले संकटको समयमा सफलता वा असफलतामा साहस हराउनु हुँदैन । यसको सट्टा असफलता वा हारको कारण जानेर अगाडी बढ्नु पर्छ । समस्याको सामना गर्नुपर्छ । एकपटक डरले जितेमा जीवनभर डरले छाड्दैन र अगि बढ्न पाइदैन् । धार्मिक ग्रन्थको आधारमा