Logo

नेपाली नै हुँ नेपालकै लागि खेल्छु’



काठमाडौं, पुस ११ । एक वर्षअघि काठमाडौंमा १३औं दक्षिण एसियाली खेलकुद चलिरहेका बेला गौरिका सिंहले भावविह्वल भएर ‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु’ यस्तैयस्तै भनेकी थिइन, यस्तो किन पो भन्नुपरेको थियो होला त? सार खिच्दा यसले नेपाली खेलकुदमा नयाँ मानक भने तयार हुन्छ ।

विदेशी भूमिमा प्रशिक्षण लिँदै, अभ्यास गर्दै कोही अब्बल हुन्छ र उसले नेपालको प्रतिष्ठा बढाउने काम गर्छ भने त्यसलाई स्वागत गर्न किन कन्ज्युस्याइँ?

कसैले तिनलाई कहाँ नेपाली होइन भन्न पाइन्छ र? बरु उनले पाएको उपलब्धीमा खुसी भएर मन ठूलो पार्दा राम्रो । धन्य, गौरिकाले यस्तो फरक बाटो त खोलिदिएकी छन् । लन्डनमा बस्छिन्, पौडी खेल्छिन्, अनि नेपालको प्रतिधिनित्व गर्छिन्, त्यो पनि गौरवले । वर्ष २०७६ मा नेपाली खेलकुदको इतिहासमा सबैभन्दा ठूलो अवसर केही हो भने त्यो १३ औं दक्षिण एसियाली खेलकुद नै हो । अनि यसको पनि सबैभन्दा ठूलो केही नेपाली उपलब्धि छ भने त्यो गौरिकाले जितेको चार स्वर्ण नै हो ।

उनले नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो खेल महोत्सवमा चार स्वर्ण मात्र जितिनन्, दुई रजत र तीन कांस्य पनि जितिन् । अनि सबैको मन पनि । त्यसो त उनको यही प्रदर्शनमा खोट लगाउने पनि रहे ।

अनि त्यसैकै उत्तरमा त हो, गौरिकाले भनेकी, ‘म नेपाली नै हुँ म नेपालकै लागि खेल्छु ।’ अब त कसैले औंला भाँचेर नेपाली खेलकुदका सबैभन्दा सफल खेलाडीको सूची बनाउँछ भने त्यसमा पक्कै गौरिकाको नाम पक्कै हुनेछ ।

त्यसैले त नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको वर्ष २०७६ को पल्सर स्पोर्टस अवार्डको लोकप्रिय खेलाडी विधामा उनको नाम पनि मनोनयन भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्