Logo

अब मोबाइलबाटै तरकारी



काठमाडौं, पुस ११। कोरोना सङ्क्रमणयता बढ्दो क्रममा रहेको डिजिटल कारोबार तरकारी बजारमा पनि प्रवेश गरेको छ । शुक्रबारदेखि काठमाडौँको नक्सालको तरकारी बजारमा शुक्रबारदेखि डिजिटल कारोबार क्यूआर पेमेन्टबाट तरकारी खरिद गर्न सकिने गरी यसको सुरुवात भएको छ ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार तरकारी बजारमै पुगेर क्यूआर पेमेन्टमार्फत एक किलो अदुवा खरिद गर्दै डिजिटल कारोबारको सुरुवात गरे । सानिमा बैङ्कको सक्रियतामा नक्साल तरकारी बजारमा क्यूआर पेमेन्टको सुरुवात भएको हो । तरकारी बजारमा इन्टरनेट सेवा प्रदायक भायानेटले निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ ।

सो अवसरमा गभर्नर अधिकारीले डिजिटल कारोबारलाई बढाउन अब देशैभर क्यासलेस कारोबार लैजाने भन्दै पछिल्लो समय क्यूआर कोडमार्फतको भुक्तानी मासिक रूपमा ३० प्रतिशतले बढेको बताए ।

कोरोना भाइरसको सङ्क्रमण सुरु भएपछि नगदरहित अर्थतन्त्रको आवश्यकता रहेकाले उहाँले कालीमाटी फलफूल तथा तरकारी बजार, बल्खुजस्ता ठूला तरकारी बजारमा पनि छिट्टै नगदरहित कारोबार क्यूआर कोडको सुरुवात गरिने बताए ।

सामाजिक र आर्थिक रूपान्तरणमा क्यासलेस कारोबार र प्रविधिमैत्री विद्युतीय कारोबार विकास र विस्तारमा सरकार र राष्ट्र बैङ्कले विभिन्न योजना तथा कार्यक्रम बनाएर अगाडि बढिरहेको उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्