काठमाडौँ, ११ पुस । काभ्रे जिल्लाका सैयौँ युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका पूर्व सांसद तीर्थ लामा र नेतृ पवित्रा लामाले आज (शनिबार)काभ्रे जिल्लाका सैयौँ युवाहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । तीर्थ लामाले आफ्नै निवासमा कार्यक्रमको आयोजना गरी युवाहरुलाई कांग्रेस प्रवेश गराएका छन् ।
यसै सन्दर्भमा पूर्व सांसद तीर्थ लामाले आज युवाहरुको यो जमात कांग्रेसमा आएको देख्दा खुशी लागेको बताएका छन् । देशको प्रगति र विकासका लागि नेपाली कांग्रेसमा प्रवेश गरेका युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा रोखेका छन् । उनले भने,‘जुन सदस्यता नेपाली कांग्रेसले युवाहरुलाई दियो त्यो देश र समाजप्रतिको दायित्वको लागि हो । त्यो युवाहरुले इमानदारी पूर्वक जिम्मेवारी गहन गर्दै पूरा गर्नुपर्छ ।’
त्यसैगरी कार्यक्रममा नेतृ पवित्रा लामाले अबको विकल्प नेपाली कांग्रेस रहेको बताइन् । उनले भनिन्, ‘लोकतन्त्रको जग नेपाली कांग्रेस हो । युवाहरुलाई नेपाली कांगेसले प्रोत्शाहन गरी अगाडी लग्ने र देशलाई युवा नेतृत्वमा हस्तान्तरण गर्नेछ । सरकारको बाघडोर अब नेपाली कांग्रेसले सम्हाल्ने छ ।’ युवाहरुले आफ्नो निजी स्वार्थ विना देश र समाजको निम्ती लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको समेत उनले औल्याइन् ।
नेतृ पवित्रा लामा, अग्रज नेता शेर बहादूर लामा, युवा नेता दावा लामा, वडा अध्यक्ष सुरेश कुमार लामालगायत बरिष्ठ नेताहरुको उपस्थितीमा काभ्रेका सैयौँ युवाहरु नेपाली कांग्रेसमा प्रवेश छन् । अबको विकल्प नेपाली कांग्रस हो भन्दै लगातार विभिन्न जिल्लबाट नयाँ पुस्ताका युवाहरु धमाधम कांग्रेस प्रवेश गरिरहेका छन् ।