Logo

बड्कापथ सिँचाइ आयोजनामा ढिलाइ



दाङ, पुस १२। दाङको देउखुरीमा सञ्चालन भइरहेको बड्कापथ सिँचाइ आयोजनाको काममा ढिलासुस्ती भइरहेको छ । करीब १० वर्ष पहिले शुरू भएको उक्त सिँचाइ आयोजनाको काम अहिलेसम्म ३० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

राप्ती नदीको पानीले देउखुरीको दक्षिणी क्षेत्रको करीब ४ हजार खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सो आयोजानाको निर्माण अघि बढाइएको हो । तर कामले तीव्रता पाउन नसक्दा आफ्नो जग्गामा सिँचाइ गर्ने किसानको आशा धमिलो बन्दै गएको छ ।

४ अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा हालसम्म १ अर्ब ११ करोड खर्च भइसकेको छ । ३० किलोमिटर मूल नहर र १६ ओटा शाखा नहर निर्माण गर्ने योजना छ । तर, अहिलेसम्म करीब ७ किलोमिटर मात्रै सम्पन्न भएको छ । यस्तै अर्को ७ किलोमिटर नहर निर्माणको टेण्डर प्रक्रिया अघि बढेको प्रगन्न तथा बड्कापथ सिँचाइ आयोजनाका प्रमुख बद्री कोर्कीले जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्