Logo

आज शनि अस्त हुने, कस्तो असर



न्यायका देवता शनिदेवको ज्योतिषमा धेरै महत्व हुन्छ । शनिले दिशा परिर्वतन गर्दा एक देशमा मात्र नभएर पुरै विश्वमा विशेष असर पर्न सक्छ । यसकारण शनिको कुनै पनि परिर्वतनमा ज्योतिषहरुले विशेष ध्यान दिन्छन् । आज २७ डिसेम्बरमा शनि अस्त हुँदैछ । ज्योतिषहरुले शनिको प्रभाव अब कम पर्ने विश्वास गरेका छन् ।

ज्योतिषका अनुसार शनिको गोचरको अवधि सबैभन्दा धेरै हुन्छ । किनकी यो ग्रहले लगभग साढेँ दुई वर्षमा राशि परर्वितन गर्दछ । यसैले ३० महिनाको अवधिमा शनि एक राशिमा जाने क्रममा सुस्त गति लिन्छ र पुनः सोही मार्ग भएर जान्छ ।

शनिको सुस्त अवस्थालाई सामान्यतथा शुभ मानिदैन् । शनि गोचरले मानव जीवनमा गहिरो प्रभाव पार्छ । शनि अस्त हुँदा विश्वमा नै परिर्वतन हुने मान्यता रहेको छ ।

शनि ग्रह अस्तको फल

वैदिक ज्योतिषअनुसार शनि सबैभन्दा विस्तारै गतिमा चल्ने ग्रह हो र एक राशिमा साढेँ दुई वर्षसम्म रहन्छ । यसैले शनिको ग्रह अस्त हुनु धेरै महत्वपुर्ण मानिन्छ । किनकी शनि ग्रह शीत हावाको कारक तत्व हो र जब जब शनि ग्रह अस्त हुन्छ, तब प्रकृतिमा ठुला–ठुला परिर्वतन आउछन् र साथै शासक तथा प्रशासकको स्थितिमा पनि परिर्वतन आउने सम्भावना हुन्छ ।

यसो हुनुको कारण शनि एक न्याय प्रिय र कर्म प्रधान ग्रह हो, विशेष रुपमा जागिर खानेको लागि उनीहरुको कुन्डलीमा शनिको ग्रह बलियो भएको कारण जागिरबाट हात धुने सम्भावना धेरै हुन्छ । जसको कुन्डलीमा शनि अस्त अवस्थामा हुन्छन् ती व्यक्तिलाई जागिरको क्षेत्रमा धेरै दुःख महसुस हुन्छ । अन्य क्षेत्रमा पनि शनि अस्त भएमा अनुकुल परिणाम दिँदैन् ।

शनि ग्रह अस्त हुनु भनेको शनि तारा डुब्नु, लोप हुनु भनिन्छ । यदि शनि तपाइँको मुख्य ग्रह हो र यो अस्त भएमा अनेक प्रकारका चुनौतिको सामाना गर्नुपर्ने हुन्छ । विशेष रुपमा स्वास्थ्य र कर्ममा प्रभाव पार्न सक्छ ।

शनि ग्रहले हाम्रो जीवनमा आशालाई जीवित राख्दै जीवनको लक्ष्य प्राप्त गर्नलाई आवश्यकता अनुसार मेहेनत गर्नको लागि प्रेरित गर्दछ । यसैले कुन्डलीमा शनि ग्रह अस्त हुनु अनुकुल मानिदैन् ।

कोरोना भाइरसले पुरै विश्व नै संकटमा छ । २०१९ को अन्तिमबाट चीनमा सुरु भएको भाइरस अहिले सम्म पनि रोकिएको छैन् । हालसम्म यसबाट १६ लाख जनाले ज्यान गुमाइसकेका छन् । अहिले सम्म विश्वभर ७ करोड भन्दा धेरै संक्रमित भएका छन् । ज्योतिषको अनुसार कोभिड–१९ को सुरुवात हुनु र फैलनुमा ग्रहकै चाल हो । शनि अस्ताएसँगै कोरोना भाइरस पनि विश्वबाट नै अन्त हुने तथा कम हुनेमा ज्योतिषहरु आशवादी रहेका छन् । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्