Logo

चीनले अमेरिकालाई उछिन्ने, सन् २०२८ सम्ममा विश्वको ठुलो अर्थतन्त्र हुने प्रक्षेपण



एजेन्सी, १२ पुस । सन् २०२८ सम्मा चीनले अमेरिकालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने छ । कोरोना महामारीमा सम्पूर्ण देशको अर्थमा धक्का पुगेको बेला चीनलाई फाइदा भएको र यो आँकलन चीनको पाँच वर्ष अगावै पूरा हुने देखिएको विज्ञहरुले जनाएका हुन् ।

अहिले विश्वमा आफ्नो अर्थलाई स्थापीत गर्ने दौडमा रहेका दूई ठूला मुलुकबीच निकै प्रतिस्पर्धा चलिरहेको छ । दूवै देशले आफ्नो अर्थव्यवस्थालाई बलियो बनाउन हरप्रयास गरिरहेको छ । तर, कोरोना महामारीले थलिएको अमेरिकी अर्थव्यवस्थालाई चीनले आफ्नो लक्ष्य भन्दा अगावै उछिन्ने भएको छ ।

महामारीविरुद्व चीनले चालेको कदम निकै सराहनिय भएको र आफ्नो थलिएको अर्थलाई पुनः ट्रयाकमा छिट्टै्र ल्याएको कारण चीन अर्थव्यवस्थामा अमेरिकालाई समय भन्दा अगावै पछ्याउने जनाइएको छ । महामारीमा चीनले अन्य मुलुक भन्दा तरुन्तै लकडाउन जारी गर्दौ महामारीको फैलावटलाई रोक्न सफल भएको थियो ।

चीनले महामारीलाई परास्त गर्न कुशल व्यवस्थापन गरेको र आफ्नो अर्थतन्त्रलाई सही ढंगले चलायमान बनाएको कारण चीन छिट्टै बलियो हुँदै गएको सिइबिआर रिपोर्टले देखाएको छ । चीनको अर्थतन्त्र ५.७ प्रतिशतले २०२१ देखि २०२५ मा बृद्वी हुने छ भने अमेरिकी अर्थतन्त्र महामारी पश्चात २०२२ देखि २०२४ मा करिब १.९ प्रतिशतले बढ्ने देखिएको छ । त्यसैगरी जापानले अर्थव्यवस्थामा तेस्रो स्थान कायम गर्न सफल भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्