Logo

चरेश जस्तो देखिने पदार्थसहित ७१ वर्षका बृद्ध पक्राउ



बाजुरा, १२ पुस । अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । खप्तड छेडेदह गाउँपालिका–२ माटेसाघुको ७१ वर्षीय सेते कटुवाल करिब ८ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ र लिची नामक ३ पेटी अवैध मदिरा सहित आइतबार पक्राउ परेका हुन् ।

कटुवालको सोही ठाउँस्थित किराना पसलबाट प्रहरी चौकी काँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अवैध सामान सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्