Logo

कमल थापाले भनेः अहिलेको समय राप्रपाको लागि अवसर, संसद बिघटनमा अदालतको फैसला मान्य



वीरगंज, १२ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान समय आफनो लागि अवसर रहेको बताएका छन् । वीरगंजमा आयोजना गरिएको सभामा बोल्दै उनले वर्तमान सरकारले जनादेशको लागि गरेको पहल आप्mनो लागि अवसर भएको बताएका हुन् ।

उनले संविधान विघटनको सवालमा आफूले केही नबोल्ने र सर्वोच्च अदालतको निर्णय मान्य हुने बताए । उनले देश अभिभावकविहीन अवस्थामा पुगेको बताउँदै राजा र हिन्दू राष्ट्र नेपालमा कायम हुनुपर्ने माग गरे ।

सभामा पूर्वमन्त्री राजीव पराजुली, केन्द्रीय सदस्य नगिना यादव, सुधीर त्रिपाठी, कुमारबन्धु रूपाखेतीले मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि राप्रपा पर्सा अध्यक्ष सुमेश्वर उपाध्यायको टोलीले जिल्ला प्रशासन कार्यालय, पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको थियो ।



प्रतिक्रिया दिनुहोस्