Logo

चिनियाँ टोली नेकपा शिर्ष नेताहरुको घर-घरमा, प्रचण्डसँग भेट



काठमाडौं, १३ पौष । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको टोलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । आज विहान प्रचण्डनिवास खुमलटार पुगी टोलीले भेटवार्ता गरेको हो ।

भेटमा नेकपालाई पुनः एक बनाउने विषयमा छलफल भएको बुझिएको छ । सहमतिको सूत्रबारे चिनियाँ पक्षले छलफल गरेको स्रोतले बताएको छ ।

यसैगरी, चिनियाँ टोली कोटेश्वरस्थित माधवकुमार नेपालको निवासमा पुग्दैछ । नेपालसँग पनि नेकपा पुनः एक बनाउने सूत्रबारे कुराकानी गर्ने बुझिएको छ ।
यसअघि चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो नै भेटवार्ता गरिसकेको छ । यो भेट पनि नेकपा विवाद समाधानकै विषयमा केन्द्रित रहेको थियो ।

यभाऊसहित चीनबाट आएको छजनाको टोली राजनीतिक भेटघाटमा सक्रिय छ । टोलीले नेकपा विवाद मिलाउने प्रयास गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्