Logo

चिनियाँ टोलीसँग माधव नेपालको भेटवार्ता



काठमाडौं, १३ पौष । नेपाल भ्रमणमा रहेको उच्च तहको चिनियाँ टोली राजनीतिक भेटमा व्यस्त छ । टोलीले पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ ।

नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा नेपालले चिनियाँ टोलीसँग भेटवार्ता गरेका हुन् । भेटमा नेकपा एक बनाउने विषयबारे कुराकानी भएको बुझिएको छ ।

यसअघि चिनियाँ टोलीले आज विहान नेकपा अध्यक्ष पुृष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको थियो । टोलीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको छ सदस्यीय टोली हिजो नै नेपाल भ्रमणका लागि आएको थियो । चाइना साउर्थन एयरको चाटर्ड विमानमा चिनियाँ टोली नेपाल आएको थियो ।



प्रतिक्रिया दिनुहोस्